भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

आफै मागी मागी छोरोको बिहे ! विद्युत् निर्यात गर्दै नेपाल

  • कार्तिक १७, २०७८

काठमाडौं, १७ कार्तिक । आफै ऊर्जा अभावले थला परेको नेपालले भारतीय ऊर्जा बजारमा ‘पैतिस्पर्धी दर’ मा विद्युत् व्यापारका लागि अनुमति पाएको छ ।
भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेको २४ मेगावटको त्रिशुली र १५ मेगावटको देवीघाट विद्युत्बाट उत्पादित ३९ मेगावट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मा बिक्री गनं अनुमति दिइएको हो ।

दुई विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले आज राति १२ बजेबाट ढल्केबर–मजुफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् निर्यात सुरु गर्नेछ । हाल यो लाइनबाट विद्युत् आयातमात्र भइरहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेका छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको बेला आइआइएक्समार्फत् प्रतिस्पर्धा दरमा विद्युत् आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चुरणमा प्रवेश गरेको छ ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्नेछ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ ।

विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुनेछ । प्रतिस्पर्धा दर तय भएपछि रातिको १२ बजेदेखि अर्काे दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात हुनेछ । भारतमा कोइलाको मूल्य बढुदा एक्सचेन्ज मार्केटमा प्रतियुनिट विद्युत्को मूल्य २८ भारतीय रुपैयाँ भारु सम्म पुगेको थियो ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार नियम (एनभीभीएन) ले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबरसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *