भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

मानवजातिको साझा चुनौती, जलवायु परिवर्तन– सी चिनफिङ

  • कार्तिक १२, २०७८

पेइचिङ, २८ अक्टोबर (सिन्ह्वा) । चीनको मानवजातिको साझा चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र त्यसका निम्ति देशले अङ्गीकार गरेको नीति, कार्यक्रम र प्रगतिलाई अभिलेखीकरण गर्दै आफ्नो अनुभव र देष्टिकोणलाई बाँकी विश्वसँग आदान–प्रदान गर्न श्वेतपत्र जारी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्ने विषयमा थुप्रै विषयमा विश्वव्यापी कदम चाल्न आह्वान गर्नभएको छ । राष्ट्रपति सीको सम्बोधनका मुख्य बुँदाहरु यसप्रकार छन् – यदि मानवले प्रकृतिलाई अहित गर्दैन भने, प्रकृतिले हामीलाई अहित गर्दैन चीनले २०३० अघि कार्बनडाइअक्साइड उत्र्सनको उच्चतम स्तर र २०६० अघि कार्बन तटस्थता लक्ष्य हासिल गर्ने प्रयास गर्नेछ । यसका लागि ठूलो परिश्रम आवश्यक छ, र हामी यी लक्ष्यहरु पूरा गर्न हरसम्भव प्रयास गर्नेछौँ ।

चीनले आफ्नो औद्योगिक संरचना र ऊर्जा मिश्रणलाई पुनः समायोजन गर्न जारी राख्नेछ, नवीकरणीय ऊर्जाको तीव्र विकास गर्नेछ र बलौटे क्षेत्रहरु, चट्टानी क्षेत्रहरु र मरुभूमिहरुमा ठूला वायु–शक्ति र फोटोभोल्टिक आधारहरुको योजना र विकासमा द्रुत प्रगति गर्नेछ ।

चीनले अन्य विकासोन्मुख देशहरुलाई हरित र कम कार्बन ऊर्जाको विकास गर्न सहयोग बढाउनेछ र विदेशमा कोइलाबाट चल्ने नयाँ ऊर्जा परियोजनाहरु निर्माण गर्नेछैन ।

हामीले विश्वव्यापी वातावरणीय शासन सुधार गर्न, जलवायु परिवर्तनलाई सक्रिय रुपमा प्रतिक्रिया दिन र मानव र प्रकृतिका लागि जीवन्त समुदाय सृजना गर्न आवश्यक छ । हामीले हरित र न्यून कार्बन अर्थतन्त्रमा सङ्क्रमणलाई गति दिन र हरित पुनःप्राप्ति र विकास हासिल गर्न आवश्यक छ ।

हामीले हरित अन्तरराष्ट्रिय सहयोगलाई पनि अगाडि बढाउनुपर्छ र हरित विकासका फलहरु सबै देशहरुबीच बाँडफाँड गर्नपर्छ । जलवायु परिवर्तन चुनौतीको सामना गर्न कोही पनि अछुतो रहन सक्दैन र एकपक्षीयताले हामीलाई कतै पुग्न सक्दैन । सँगै मिलेर मात्र हामीले जलवायु परिवर्तन, समुद्री प्रदूषण, जैविक संरक्षण र अन्य विश्वव्यापी वातावरणीय समस्याहरुलाई प्रभावकारी रुपमा सम्बोधन गर्न र दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको २०३० को लक्ष्य हासिल गर्न सक्छौँ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *