जुम्लामा एमसीसी विरुद्ध नेमकिपाको सभा

  • कार्तिक १२, २०७८

जुम्ला, ११ कार्तिक । नेपाल मजदुर किसान पार्टी कनका सुन्दरी गाउँपालिका समितिको आयोजनामा देशघाती एमसीसी परियोजनाको विरोधमा बुधबार गोठीज्युलामा विरोध सभा भयो ।

सभामा पार्टीका केन्द्रीय सदस्य दिल्लीप्रसाद काफ्लेले नेमकिपा स्थापनाको उद्देश्यबारे जानकारी गराउँदै पार्टीले कामदार जनताको पक्षमा र भारतीय विस्तारवाद एवं अमेरिकी साम्राज्यवादको विरोधमा कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।

संरा अमेरिका एमसीसी सम्झौतामार्फत नेपालको परराष्ट्र नीति आफ्नो नियन्त्रणमा लिन चाहेको उहाँले चर्चा गर्नुभयो ।

कार्यकर्ताहरु विचलित हुन नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “हामी लोभलालचमा फस्नु हुँदैन । पार्टीको नीति, निर्देशन र अनुशासन पालना गर्नु कार्यकर्ताको कर्तव्य हो । पार्टी प्रकाशनलाई नियमितरुपमा अध्ययन गरी पार्टीको विचार र गतिविधिलाई कामदार जनतासमक्ष पु¥याउनु हाम्रो कर्तव्य हो । सच्चा पार्टी कार्यकर्तामा कहिल्यै विचलन आउने छैन ।”

नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य दीर्घबहादुर शाहीले एमसीसी सम्झौता नेपालको सार्वभामिकतामाथिकै हस्तक्षेप हो भन्नुभयो ।

आयोजक समितिका अध्यक्ष माधवप्रसाद काफ्लेले देशघाती एमसीसी परियोजनाबारे जनतालाई जानकारी गराउन र सचेत पार्न नेमकिपाले देशभर विरोधसभा गरिरहेको बताउनुभयो ।

कार्यक्रममा गजेन्द्रबहादुर कार्की, वीरमान कामी, गणेश शाही, विर्ष सार्की र उपेन्द्र कार्कीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *