उपमेयर कपमा भक्तपुर नगरपालिकाको जीत

  • कार्तिक १०, २०७८

कार्तिक ९ गते, मंगलबार। एन्फाको आयोजनामा काठमाडौंमा २०७८ कार्तिक ४ गतेबाट सुरु भएको ‘उपमेयर कप’ महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट सहभागी टीम र पुतलीबजार नगरपालिकासँग आज बिहान भएको खेलमा १ का विरुद्ध ८ गोल गरी भक्तपुर नपाले विजय हासिल गरेको छ ।

उक्त खेलमा भक्तपुर नपाको टीमका खेलाडीहरु मनिषा बास्कोटाले २ गोल, सीम्रन बास्नेतले २ गोल, करुणा परियारले ३ गोल र अञ्जली मचामसीले १ गोल गरेर जित भक्तपुर नपालाई जीत हासिल गराएको हो ।

सोही क्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले म्यान अफ द म्याचको उपाधि हासिल गरेकी भक्तपुर नगरपालिकाका खेलाडी अन्जली मचामसीलाई नगद पुरस्कारसहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।

साथै भक्तपुर नपा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले आयोजक एन्फालाई नगरपालिकाको तर्फबाट मयुरको झ्याल मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *