इटालीमा भएको जहाज दुर्घटनामा आठको मृत्यु

  • आश्विन १९, २०७८

रोम, १८ असोज (सिन्ह्वा) ।
इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो ।

सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुईतले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा सवार आठ जनाको ज्यान गएको हो ।

उक्त जहाजका चालक, सहचालक र अरु ६ जना यात्रुको सो विमान दुर्घटनामा परेर निधन भएको समाचारमा जनाइएको छ । सो जहाज दुर्घटनामा परेर निधन भएकामा एकजना इटालियन नागरिक पनि रहेका छन् । त्यस्तै त्यसमा एक बच्चाको पनि ज्यान गएको छ ।

यहाँका स्थानीयहरुले उक्त दुर्घटना निकै नै डरलाग्दो भएको बताएका छन् । बस्तीमा जहाज खसेपछि त्यहाँका नागरिकहरु निकै आतङ्कित भएका बताइएको छ ।

प्रहरीले सो दुर्घटनाको कारण अनुसन्धान गरिरहेको बताएको छ । ठूलो सङ्ख्यामा उद्धारकर्मी र दमकलहरु सो दुर्घटनाको उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *