अफ्रिकामा दुई प्रतिशतमात्र खोप

  • भाद्र ३१, २०७८

जेनेभा, ३० भदौ । संयुक्त राष्ट्रसङ्घले विश्वमा हाल रहेको कोभिड–१९ विरुद्धको खोपमध्ये अफ्रिकामा त्यसको दुई प्रतिशत मात्र खोप उपलब्ध रहेको बताएको छ । विश्वमा अहिले पनि कम्तीमा पनि पाँच अर्ब सात करोड मात्रा खोप पुगेको बताइएको छ । तर पनि त्यसमध्ये अफ्रिकामा दुई प्रतिशत मात्र खोप उपलब्ध रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार सार्वजनिक गरेको एक तथ्याङ्कमा विश्वमा उपलब्ध रहेको खोपको जम्मा दुई प्रतिशत मात्र खोप अफ्रिकामा उपलब्ध रहेको भन्दै यो अवस्था राम्रो नरहेको बताएको छ ।

उक्र सङ्गठनले यस्तै तथ्याङ्कका साथ अघि बढुने हो भने विश्वमा खोपमा पनि असमानताको अवस्था सिर्जना हुने धारणा राखेको छ । यस्तो अवस्था आउन नदिन विश्वमा खोपमा समानताका लागि पनि सो सङ्गठनले विश्वमा सबै देशसँग आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वमा सबै देशमा यो वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ४० प्रतिशत खोप पु¥याउने र आगामी वर्ष अर्थात् सन् २०२२ को मध्यसम्ममा विश्वका सबै देशमा ७० प्रतिशत खोप पु¥याउने लक्ष्य राखेको जनाएको छ । यसरी असमानरुपमा खोपको वितरण हुने हो भने यसबाट विश्वका नागरिक खोपबाट वञ्चित हुनसक्ने खतरा रहेको पनि सो सङ्गठनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *