अफगानिस्तानमा मानवीय सङ्कट आउन सक्छ– संयुक्त राष्ट्र सङ्घ

  • भाद्र ३०, २०७८

अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको छ । यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय सङ्कट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको बताइएको छ । सोमबार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरुसँग संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले सहयोगको आह्वान गर्नुभएको हो । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिवानीहरुले हातमा लिएका थिए । त्यसयता वैदैशिक सहायता पनि ठप्प भएको छ ।

अफगानिस्तानका नागरिकहरुलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसङ्घको जनाएको छ । महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताउनुभयो । उहाँले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानमा दसौँ लाख मानिसलाई राहत पुग्ने पनि बताउनुभएको थियो ।

यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरु निकै नै ठूलो जोखिममा परेका भन्दै उहाँले भन्नुभयो– हामीले यहाँ यो कुरा त्यसै भनेका छैनौँ कि अफगानिस्तानको अवस्था साँच्चिकै नराम्रो छ । अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै संयुक्त राष्ट्रसङ्घले तालिबानलाई सहयताकर्मीहरुलाई यहाँका विभिन्न स्थानमा उनीहरुले सहयोग गर्न भने उनीहरुलाई नरोक्न पनि आह्वान गरेको छ । तालिबान लडाकूहरुले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो बासस्थानबाट विस्थापति भएका थिए ।

हाल पनि अफगानिस्तानमा लाखौँ नागरिक आन्तरिकरुपमा विस्थापित भएर देशभित्रै शरणार्थीको जस्तो अवस्थामा बाँच्न बाध्य भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *