मौद्रिक नीतिबारे अनलाइन अन्तरक्रिया

  • भाद्र १७, २०७८

भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा ‘मौद्रिक नीति २०७८ का सकारात्मक पक्षहरु’ विषयक अन्तरक्रिया मंगलबार सम्पन्न भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा रहेको विषय उजागार गर्नुभयो । उहाँले यो वर्षको मौद्रिक नीतिले कोभिड महामारीको कारण प्रभावित क्षेत्र सिनेमा हल, यातायात, पर्यटन क्षेत्र, होटल, हस्तकला उद्योग, पार्टी प्यालेस, शिक्षा क्षेत्रलाई केही राहत दिने प्रयास भएको जानकारी दिनुभयो ।

उहाँले कोरोनाका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ भोगिरहेकाहरुको लागि तथा रोजगारी गुमाएकाहरुलाई लक्षित गरी विभिन्न सहुलियत कर्जाका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले अहिलेको यस विषम परिस्थितिमा मौद्रिक नीतिसम्बन्धी छलफलको आवश्यकता प्रस्ट्याउनुभयो । कार्यक्रमका संयोजक एवं एसोसियटतर्फ उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले मौद्रिक नीतिका सबल एवं सकारात्मक पक्षहरुको चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष दिनेश श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *