संसारमा बढ्दै बाढीको प्रकोप

  • श्रावण २४, २०७८

बुधवार सार्वजनिक गरेको एक अध्ययनले बितेको दुई दशकमा संसारभर बाढी-पहिरोबाट पीडित जनताको सङ्ख्या पचीस प्रतिशतले बढेको छ । भूउपग्रहबाट प्राप्त तथ्याङ्को आधारमा गरिएको अध्ययनअनुसार बाढी-पहिरोको जोखिम रहेको क्षेत्रमा बस्ने मानिसको सङ्ख्या थप ८ करोड ६० लाख मानिस थपिएको बताइएको छ ।

पछिल्लो समय मौसमी जोखिमको सबभन्दा धेरै घटना बाढी पहिरो भएको र जलवायु परिवर्तनको कारण बदलिएको पानी पर्ने ढाँचाले पनि बाढी बढाएको अध्ययनले देखाएको छ । भारत, चीन, जर्मनी, बल्जियमजस्ता देशमा हालै आएको र त्यस्तो सङ्कटले मुख्यतः समाजको गरिब तहलाई प्रभावित बनाएको छ ।

अमेरिकाको एउटा अनुसन्धान समूहले सन् २००० यता १३९ देशमा आएको ९ सयभन्दा बढी बाढीको घटना भूृउपग्रह तस्बिरको आधारमा यो अध्ययन गरिएको हो ।

उनीहरुले आफूलाई उपलब्ध तथ्याङ्क विश्व खाद्य अभिलेख बनाउन प्रयोग गरेका गरेका छन् । उनीहरुको अभिलेखमा ९१३ वटा बाढीको कारण मर्नेको सङ्ख्या र वर्षाको मात्रा आदि समावेश छन् ।

अध्ययनबारे नेचर पत्रिकामा लेख्दै अनुसन्धानकर्ताहरुले सन् २००० देखि २०१५ को बीचमा आर्थिक आवश्यकता पूरा गर्न ८ करोड ६० लाख मानिस बाढी आउने क्षेत्र भन्ने थाहा भएर पनि त्यस्ता क्षेत्रमा बस्न गएको उल्लेख छ । यस्तो सङ्ख्या २४ प्रतिशतले बढेको देखिन्छ ।

सन् २००० देखि २०१८ सम्ममा संसारभरमा २२ लाख ३० हजार वर्गकिलोमिटर क्षेत्र बाढीबाट बनेका छन् । आगामी दिनमा अवस्था अझ खराब हुने उनीहरुको अध्ययनले देखाएको छ ।
उनीहरुको अध्ययनले आगामी सन् २०३० सम्ममा संसारका थप २५ देशहरुमा बाढीको उच्च जोखिम बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *