बिहीबार तीन हजार ९३८ मा सङ्क्रमण

  • श्रावण २२, २०७८

कोरोना भाइरसको सङ्क्रमण बिहीबार एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बिहीबार १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो ।

काठमाडौँ उपत्यकामा एक हजार ७५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुरमा १४३ र ललितपुरमा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सङ्क्रमणबाट निको हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार १२ जना छ । अहिलेसम्म यो सङ्क्रमणबाट निको हुने ६ लाख ६३ हजार ६६३ पुगेका छन् ।

नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ । यस्तै विगत २४ घण्टामा ३७ जनाको निधन भएको छ । अहिलेसम्म नौ हजार ९९४ जना निको भएको बताइएको छ । सक्रिय सङ्क्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ होम आइसोलेसन, तीन हजार ३१४ जना संस्थागत आइसोलेसन र ३७५ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *