दिल्लीमा पुजारीद्वारा दलित बालिकाको बलात्कार

  • श्रावण २०, २०७८

भारतको दक्षिण पश्चिम दिल्लीमा एक जना नौ वर्षकी दलित बालिकाको सामुहिक हत्या भएको छ । राधेश्याम नामको पुजारी, उनका सहयोग लक्ष्मीनारायण र कुलदिप तथा स्थानीय बासिन्दा सलिम मिलेर दलित बालिकाका बलात्कारपछि हत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

अभियुक्तहरुविरुद्ध भारतको फौजदारी कानुन (आइपीसी)को ३७३ (हत्या), ५०६ (आपराधिक धाकधम्की) र २०४ (प्रमाण नष्ट)का साथै यौन अपराधबाट बालबालिकाको रक्षा गर्ने कानुन , सूचीकृत जाति र सूचीकृत आदिवासी कानुनका सान्दर्भिक प्रावधानको आधारमा मुद्दा दायर गरिएको छ ।

बलात्कार र हत्याको विरोधमा बालिकाका आफन्तले सोमबार पुराना ननगल क्षेत्रमा न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले दोषीलाई ज्यान सजायको माग गरेका छन् ।
पीडितकी आमाले ‘द्रुतमार्गबाट दोषीलाई ज्यान सजाय दिए मात्र’ आफ्नी छोरीले न्याय पाउने बताइन् ।

प्रहरीका अनुसार आमाबुवाकी एकमात्र छोरी आइतबार ५ः३० बजे नजिकको मसानघाटको पानी चिसो बनाउने भाँडोमा पानी थप्न गएकी थिइन् । त्यसको झन्डै आधा घण्टापछि पीडितकी आमालाई त्यहाँ बोलाइएको र त्यहाँ छोरी मृत अवस्थामा थिइन् । पानी चिसो पार्ने भाँडाबाट पानी थाप्ने क्रममा विद्युत सट हुदाँ बालिकाको निधन भएको बताइयो ।
प्रहरीका सहायक कमिसनर इग्नित प्रताप सिंहले भने, ‘अभियुक्तहरुले आमालाई बोलाएर छारी विद्युत् सट भएर निधन भएको बताए । आमाले बालिकाकी बुबालाई बोलाइन् । दुवैले छोरीको शरीर नियाले । लासको हात र कुमको बीचमा जलेको चिह्न छ । ओठ भने निलो थियो ।’

त्यसपछि अभियुक्तहरुले पीडित परिवारलाई तर्साउने, प्रहरीलाई खबर नगर्न धम्काउने र छिटोभन्दा छिटो अन्तिम संस्कार गर्न दबाब दिए ।

तर, आमालाई चित्त बुझेन । उनी रुन कराउन थालिन् । नानगाल गाउँका झन्डै दुई सय गाउँले भेला भएर प्रहरीलाई खबर गरेपछि मात्र वास्तविकता खुल्दै गएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *