भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

उमा महेश्वरको मूर्ति नेपाल फर्काउन पत्राचार

  • श्रावण ११, २०७८

भक्तपुर, ११ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उमामहेश्वरको मूर्ति नेपाल फिर्ता ल्याई सम्बन्धित स्थानमा सुरक्षित राख्नको लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहलको लागि परराष्ट्र मन्त्रालयबाट पेरिसस्थित नेपाली राजदूतावासमा समन्वयको लागि गत असार १६ को निर्णयानुसार पत्राचार भइसकेको व्यहोराको जानकारीसहित पुरातत्व अधिकृत करुणा नकर्मीले भक्तपुर नगरपालिकालाई पत्र पठाउनु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उमामहेश्वरको मूर्तिको बारेमा लैनसिंह बाङ्डेलबाट प्रकाशित ‘द स्टोलन इमेज अफ नेपाल’ पुस्तकको पृष्ठ १९६–९९ मा उमामहेश्वरको बारेमा तस्बिरसहित उल्लेख भएको विवरण र पुरातत्व विभागबाट प्राप्त प्रतिवेदनको आधारमा उक्त मूर्ति उमामहेश्वर नेपालको भएको व्यहोरा प्रस्ट भएको उल्लेख छ ।

यसअघि ‘कान्तिपुर’ दैनिकमा उक्त मूर्तिबारे समाचार छापिएपछि भक्तपुर नगरपालिकाले फ्रान्सको पेरिसस्थित एसियाली कलासम्बन्धी राष्ट्रिय सङ्ग्रहालय (गिमे म्युजियम) मा रहेको कैलाश पर्वतमाथि बसेको १३ औँ शताब्दीको उमामहेश्वरको मूर्ति १९८४ मे २३ मा भक्तपुरको नासमना टोलबाट हराएको र सो मूर्ति नेपाल सरकारअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, पुरातत्व विभागमा आवश्यक पहल र सहयोगको निम्ति पत्राचार गरेको थियो ।

मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *