आस्था साँस्कृतिक परिवारको १७औं स्थापना दिवस

  • श्रावण ९, २०७८

साउन ९, भक्तपुर । आस्था साँस्कृतिक परिवारको १७औं स्थापना दिवसको अवसरमा ‘आस्थाका सम्झनाहरु’ कार्यक्रम बिहिबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल भाषा साहित्य तः मुँज्याका सल्लाहकार कान्छा बासुकलाले साहित्यबाट आफुले सिकेका जीवनोपयोगी सीप र अनुभव सुनाउँदै अन्याय र अत्याचार विरुद्ध साहित्यमार्फत जनताका आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो । विभिन्न साँस्कृतिक प्रस्तुतिहरुमार्फत शोषण र शोषकको विरुद्ध जनतालाई सचेत पार्न थप सक्रिय हुन आह्वान गर्नुभयो ।

कार्यक्रमका अतिथि नेपाल क्रान्तिकारी विद्यार्र्थी संघ १३औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङ्गले समसामयिक राजनीतिक परिस्थिति बारे सचेत पार्दै राजनितिक ज्ञान राख्नुपर्ने बताउनुभयो । नयाँ पुस्ताका साथीहरुले प्रगतिशिल साहित्य लेखनमा जोड दिनुपर्ने बताउनुभयो ।

अतिथि नेपाल क्रान्तिकारी विद्यार्थी सँघ २३औं भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका सचिव बिलम सुवालले विद्यार्थी राजनीतिको महत्व प्रकाश पार्नुभयो ।
प्रविण लाखाजूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा आस्थाका संस्थापक सदस्यद्वय लक्ष्मी प्रसाद चवाल र उमा भट्टले आफ्नो अनुभव सुनाउनु भयो भने विनिला राजचलले आस्था साँस्कृतिक परिवारको सम्झनामा प्रस्तुति गर्नु भएको थियो ।

साथै कार्यक्रममा ‘सय थरी बाजा’ धुन प्रशिक्षक यजु आर्चाय र प्रशिक्षार्थीहरु प्रमेश काशिछ्वा, रुबि सैंजु, अनिश ह्यङ्गो, सुबिन प्रजापति, आयुषा कर्माचार्य, अनु कुस्मा, रबिना तुल्सिबाख्यो, राम कुस्मा, प्रदिप कुस्मा, कृषला प्रजापतिले प्रस्तुति गर्नु भयो । त्यस्तै पल्पसा रञ्जित, विक्रान्त श्रेष्ठ र प्रविण लाखाजूले ‘मौनतामा अल्झिएका’ बोलको गित प्रस्तुत गर्नु भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *