प्राङ्गारिक र रासायनिक मल

  • जेष्ठ ३०, २०७८

-सबिन ख्याजू

पृष्ठभूमि

देश अहिले मलको अभावमा छटपटाइरहेको छ । धान रोप्ने बेला मल छैन, गहुँ छर्ने बेला मल छैन, आलु रोप्ने बेला मल छैन । नेपाललाई कृषिप्रधान देशको रुपमा चिनिन्छ तर यो शब्द आफैमा लाजको विषय बनेको छ । किनकि, नेपालले मल उत्पादन गर्न सकेको छैन वा गर्न चाहेको छैन । हरेक सालझै विदेशको मुख ताक्नु पर्ने स्तिथि छ । सरकारमा गएका वा सरकारको नेतृत्व गरेका कुनै पनि राजनैतिक दलले मल कारखाना स्थापना र मलमा आत्मनिर्भर बन्ने लक्ष्य राखेनन् । किसानको समस्यालाई प्राथमिकतामा राखेनन् । अझ, मलको हाहाकार हुने बेला सरकारका मन्त्रीहरु मल खरिदमा कमिशन मिलाउनमा निकै व्यस्त हुने गरेको समाचारहरु नआएका होइनन् । समस्याको चुरोबारे जनता अझै सचेत नभएको देखिन्छ नभए तर ठूलठूला आन्दोलन भइसक्थे होला ।यस लेखमा प्राङ्गारिक र रासायनिक मलबारे छलफल गरिएको छ ।

बालीको लागि आवश्यक पर्ने १६ वटा खाद्यतत्व हुन् । कार्वन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, फस्फरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, सल्फर, जिंक, मोलिब्डेनम, फलाम, कपर, म्यान्गानिज, बोरन र क्लोरिन । यी मध्ये शुरुको तीन वटा हावा र पानीबाट उपलब्ध हुन्छन् । यीबाहेकका तत्वहरु विरुवालाई दिनुपर्ने हुन्छ । खाद्यतत्वहरु दुई स्रोतबाट उपलब्ध हुन्छन्ः प्राङ्गारिक र रासायनिक ।प्राङ्गारिक मलमा कम्पोष्ट मल, गड्यौला मल, गोठे मल, हरियो मल, आदि पर्दछन् । रासायनिक मलमा युरिया, डिएपी, म्युरेट अफ पोटास, एस्एस्पी, डिएस्पी, टिएस्पी, एमोनियम सल्फेट आदि पर्दछन् ।

प्राङ्गारिक र रासायनिक मलबीच भिन्नता

( प्राङ्गारिक पदार्थले माटोलाई जिवन्त बनाउँछ । प्राङ्गारिक पदार्थ आवश्यकताभन्दा कम हुँदा रासायनिक मलले राम्रो काम गर्न सकेको हुँदैन । प्राङ्गारिक पदार्थको उपलब्धताले माटोमा जैविक गतिविधिहरु बढ्ने र माटोको सुक्ष्म पर्यावरणीय चक्र सक्रिय भइरहन्छ ।

( प्राङ्गारिक मलमा धेरै खाद्य तत्वहरु पाइन्छ । रासायनिक मलमा एक वा दुई वा तीन खाद्यतत्वहरु मात्र पाइन्छ । युरिया ९४६ः०ः००, एमोनियम सल्फेट ९२१ः०ः०ः२४०, डिएपी ९१८ः४६ः००, एमओपी ९०ः०ः६००, कम्प्लेक्सल ९२०ः२०ः००, कम्प्लिट ९१९ः१९ः१००, एस्एस्पी ९०ः१६ः००, डिएस्पी ९०ः३२ः००, टिएस्पी ९०ः४८ः०० , रासायनिक मलहरुमा सूक्ष्म खाद्य तत्वहरु समावेश गरिएको हुँदैन ।

( प्राङ्गारिक मल प्रयोग गर्दा खाद्य तत्व विस्तारै मात्र पग्लिने र माटोमा मिसिन्छ । रासायनिक मल प्रयोग गर्दा खाद्य तत्व छिटो पग्लिने र माटोमा मिसिन्छ । प्राङ्गारिक वस्तु सुक्ष्म जिवाणुको सहायताले टुक्रिने र अन्तत खाद्य तत्वमा परिणत हुन्छन् ।

( प्राङ्गारिक मलको प्रयोगले माटोलाई स्वस्थ बनाउने कार्य गर्दछ । रासायनिक मलले माटोमा अम्लियपनाको समस्या उत्पन्न हुन्छ । जस्तैः युरियामा भएको ४६ प्रतिशत नाइट्रोजनबाहेक ५४ प्रतिशत अन्य वस्तु हुन्छन् । यसैले माटोमा अम्लियपना गराउने कार्य गर्दछ ।

( प्राङ्गारिक मल सस्तो र घरेलु तरिकाबाट तयार पार्न सकिन्छ । गुणस्तरीय उत्पादनको लागि प्रशोधन, परीक्षणलगायतका कार्यहरु गर्नुपर्ने हुन्छ । रासायनिक मल तयारीको लागि ठूलो लगानी र कारखानाको जरुरत हुन्छ ।

( प्राङ्गारिक वस्तुमा खाद्य तत्वको मात्रा न्यून हुन्छ । जस्तै गाईको मलको खाद्यतत्वको मात्रा ३ः२ः१ हुन्छ । यसकारण पनि यसको मात्रा अधिक हुँदा बालीमा नकारात्मक असर कम पर्दछ । धान, गहुँ, मकै, कोदोमा ६ मेट्रिक टन प्रति हेक्टर, उखुमा १० मेट्रिक टन प्रति हेक्टर, आलुमा ३० मेट्रिक टन प्रति हेक्टर आवश्यक पर्दछ ।

( प्राङ्गारिक वस्तुको प्रयोग हुँदा माटोको पानी सोस्ने क्षमता बढ्छ । रासायनिक मलले चिस्यान क्षय गर्ने कार्य गर्दछ ।

( रासायनिक मलको साथै किटनाशक र रोगनाशक रसायन ९विषादी०हरुको प्रयोग हुँदा वरपरको पानी, माटोको सूक्ष्म जिवाणु, मित्र किराहरु आदिको नाश हुन जान्छ । प्राङ्गारिक वस्तुको प्रयोगमा यो समस्या रहन्न ।

कृषि बालीमा प्राङ्गारिक र रासायनिक दुबै मलको प्रयोग आवश्यक हुन्छ । बाली सघनता, वर्णशंकर जातको प्रयोग, प्राङ्गारिक मलको उपलब्धता कम हुनु आदिका कारण रासायनिक मलको माग र प्रयोगमा वृद्धि भएको हो ।

आवश्यक मलको व्यवस्थापन

प्राङ्गारिक मलको व्यवस्थित उत्पादन गर्नु जरुरी छ । गड्यौला मल, गोठे मल, आदिको आवश्यक प्रशोधन गर्ने, प्याकेजिङ गर्ने, भण्डारण गर्ने र बजारीकरण गर्ने उचित कार्य गर्नु राम्रो हुन्छ । सरकार र सम्बन्धित निकायले शीप प्रदान गर्ने, तालिम उपलब्ध गराउने, पुँजी उपलब्ध गराउनेलगायतका कार्य गरेका यसको उत्पादन गर्न इच्छुक व्यक्ति अगाडि आउनेछ । प्राङ्गारिक खेतीको लागि क्यूवा देश निकै अगाडि छ ।

रासायनिक मलको मागअनुसार देशले मल कारखाना स्थापना गर्नु आवश्यक छ । मलमा आत्मनिर्भर बन्ने, अझ सके विदेश निर्यात गर्ने थुप्रो विकल्पहरु नभएका होइनन् । नेपाल सरकारले हरेक बर्ष विदेशबाट मल आयात गर्ने गरेको छ । त्यो पनि अपुग र ढिलो । यो लाजमर्दो विषय हो । मल आवश्यक पर्ने महिना त सरकारलाई थाहा नै हुन्छ । तर बन्दोवस्त गर्न नसक्नुको अर्थ सरकार किसान र देशको अर्थतन्त्रप्रति गम्भिर नभएको अर्थ दिन्छ ।

 

अनुसन्धानमा लगानी बढाउनु आवश्यक

कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने नारा व्यवहारमा लागू हुन सकेन । यसको परिणाम विकसित देशहरुको तुलनामा नेपालका हरेक कृषि वस्तुको उत्पादन र उत्पादकत्व निकै पछाडि परेको छ । अनुसन्धान र विकासले समस्या समाधानको ठाउँ ओगट्न सकेको देखिएन ।सन् २०१० मा कुल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशत मात्र अनुसन्धानमा सरकारले लगानी गरेको थियो र यो देखिने गरी वढ्न सकेको छैन ।विज्ञान र प्रविधिको अनुसन्धानमा बजेट वढाउनु आवश्यक छ । नेपालमा भएका प्राविधिक जनशक्तिको परिचालन गर्न सकेको भए विदेशिनु पर्दैनथ्यो । विज्ञान र प्रविधिमा अगाडि नबढेसम्म देशले प्रगति गर्न सकेको देखिन्न । हाल सञ्चालित अनुसन्धान केन्द्रहरुलाई सबलीकरण गर्ने र आवश्यकताअनुसार नयाँ अनुसन्धान केन्द्रहरु स्थापनामा जोड दिनु राम्रो हुन्छ ।

कालो बजारी नियन्त्रण गर्नु आवश्यक

बजारको सामान्य नियमअनुसार जब बजारमा सामानको मात्रा मागभन्दा कम हुन्छ तब सामानको मूल्य वढ्छ । सामान थोरै भएको थाहा पाएपछि कालाबजारीयाले यी सामान लुकाउने गर्दछ र थप कृत्रिम अभाव सिर्जना हुन्छ । नेपालको बजारमा रासायनिक मलमा भइरहेको यही हुनुपर्दछ । सन् २०१६-१७ मा रासायनिक मलको माग ७,००,००० मे. टन मा ३,२४,९७७ मे. टन मात्र आपूर्ति भएको थियो । सरकार किसानप्रति संवेदनशील भएको भए मागको आंकलन अनुसार समयमै भण्डारणमा राख्नु पर्दथ्यो । यस्तो नगर्दा कालाबजारीयाहरुलाई सहज वातावरण तयार भएको छ । किसानले आफूलाई मलको अभावका कारण खेत बाँझो राख्न बाध्य भएको गुनासो गरेको पाइन्छ । सरकार एकातिर मल उपलब्ध नगराउने अर्कोतिर खेत बाँझो राख्नेलाई सरकारको सुविधा नदिने धम्की दिन्छ ।यसरी कृषि अर्थतन्त्र दलदलमा भासिएको अनुभूति सबैले गर्दैछन् । कालोबजारीको वातावरण सिर्जना गर्ने सरकारी र निजी दुबै पक्षको अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको दायरामा ल्याएमा मात्र किसानले न्याय पाउने छ ।

मल प्रयोगबारे सचेतना

प्राङ्गारिक मल र रासायनिक मलको काम गर्ने तरिकाबारे किसानलाई सचेत बनाउनु आवश्यक छ । प्राङ्गारिक मलको प्रयोगलाई अनिवार्य गर्नु पर्ने देखिन्छ । बालीअनुसार खाद्यतत्व नपुगेमा मात्र रासायनिक मलको प्रयोगमा जानु राम्रो हुन्छ । रासायनिक मल चाँडै नि पग्लिने हुँदा प्रयोगमा विशेष ध्यान दिनु राम्रो हुन्छ । नाइट्रोजन हावामा उड्ने, पानीसँगै माटो मुनि चुहिने आदि हुने हुँदा नाइट्रोजनयुक्त मल जस्तै युरियालाई तीन पटक गरेर छर्नु प्रभावकारी हुन्छ । शुरुमा ५० प्रतिशत, एक महिना हाराहारीको फरकमा २५–२५ प्रतिशत टपड्रेसिङ गर्न सकिन्छ ।

सबै बालीको खाद्यतत्वको आवश्यकता फरक हुन्छ । यसबारे किसानसँग जानकारी हुनुपर्दछ । रासायनिक मलको जथाभावी प्रयोगले वातारणमा नकारात्मक असर पु¥याउने, पानीको श्रोत प्रदुषित हुने, पर्यावरणमा बाधा पुग्नेलगायतका समस्याहरुबारे सचेतना कार्यक्रमहरु नियमित सञ्चालन गरिनु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *