चुरे भावर दोहनबारे विद्यार्थीहरुको चिन्ता

  • जेष्ठ २९, २०७८

नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रय समितिको आयोजनामा शुक्रबार “चुरे भावर दोहन र त्यसको असर” विषयक अनलाइन प्रवचन भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भारतीय स्वार्थलाई पूरा गर्न सरकारले नेपालको बजेटमा चुरे बेच्नेजस्तो देशघाती प्रावधान समावेश गरेको बताउनुभयो । उहाँले नेपालका शासक वर्गले भारतीय विस्तारवादका ठेकेदारहरुलाई पोस्ने काम गरेको र यी सबै निर्णय देश र जनताको हितविपरीत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चुरे क्षेत्रको प्राकृतिक स्रोत–साधनको अत्यधिक दोहनको कारण नेपालमा हरेक किसिमका विपत्तिहरु आउन सक्ने खतरा छ । बाढी, पहिरो, भूक्षय, अतिवृष्टि, अनावृष्टि, जलवायु परिवर्तन, गर्मीमा निकै गर्मी, चिसोमा निकै चिसो हुनेजस्ता समस्या र पहाडमा अत्यधिक पानी परेर तराईमा डुबान पर्ने समस्याहरु आउनेछन् ।”

“नेपाल सरकार वास्तवमै भारतको गोटी बनेको प्रस्ट हुँदै छ । नागरिकता अध्यादेश र चुरे दोहन यसका उदाहरण हुन् । भारतीय विस्तारवादले तराईदेखि पहाड हिमालसम्म विभिन्न प्रकारको हैकम जमाउन खोजिरहेको छ । बर्खाको समयमा नेपालबाट जाने बाढी नेपालमै रोक्न भारतले तराई क्षेत्रमा बाँध बाँधिरहेको छ”, केन्द्रीय सदस्य ज्याख्वले भन्नुभयो ।

कार्यक्रममा नेक्राविसंघ १३ औं राष्ट्रिय सम्मेलन तयारी समितिका सदस्य तारा न्यौपाने र किरण गोसाईले पनि चुरे भारवर दोहन र त्यसको असर विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

नेक्राविसंघ १३ औं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङको सभापतित्वमा भएको कार्यक्रममा दिनेश खड्गीले पनि बोल्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *