भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

ब्राम्हि लिपि तालिम सम्पन्न

  • जेष्ठ २८, २०७८

स्क्रिप्ट ख्वपको आयोजनामा बिहिबार अनलाइन मार्फत ब्राम्हि लिपि तालिम सम्पन्न भयो । मिति २०७८ जेठ २० देखि २७ गते सम्म भएको तालिममा २१ जनाले सहभागी जनाएको थियो ।

नेपाल भाषाका विभिन्न लिपि मध्ये ब्राम्हि लिपि पनि एक हो । नेपाल भाषाका लिपिहरु बिस्तारै हराउँदै गएको हुनाले लकडाउनको समयलाई उपयोग गर्दै स्क्रिप्ट ख्वपले नयाँ पुस्तालाई नेपाल भाषाका विभिन्न लिपि सिकाउँदै आएको हो । स्क्रिप्ट ख्वपले यो भन्दा अगाडी  उत्तर लिच्छिवि लिपिको एक हप्ते तालिम गरिसकेको थियो ।

कार्यक्रमका अतिथि एवम् तालिमका प्रशिक्षक श्रीराम खाइतुले वि.सं २०५७ देखिको स्वअध्ययनको सिकाइलाई सिकाउन पाउँदा खुसी भएको बताउनुभयो । कार्यक्रमका संयोजक एवम् सह–प्रशिक्षक रेनुका कर्माचार्यले तालिममा सहभागीहरुको उत्साहले गर्दा थप तालिम सञ्चालन गर्न हौसला मिलेको कुरा राख्नुभयो ।

रेनुका कर्माचार्यको संयोजकत्वमा भएको तालिममा सह–प्रशिक्षकको रुपमा किशोर गोसाई, श्रीजना दुवाल, रोजिना बनमाला रहेको थियो भने सहभागी सम्पूर्णलाई प्रशिक्षक श्रीराम खाइतुले प्रमाण–पत्र बितरण गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *