भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

फ्रान्सका राष्ट्रपतिको गालामा चड्कन

  • जेष्ठ २७, २०७८

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंलाई दक्षिणी फ्रान्सको भ्रमणको क्रममा एक जना युवाले गालामा थप्पड हानेको छ ।

सामाजिक सञ्जालमा प्रसारित श्रव्यदृश्य सामग्रीमा सत्कार सिकाउने व्यवसायिक तालिम कलेजको भ्रमणको क्रममा प्राङ्गणबाहिर जम्मा भइरहेका सानो सङ्ख्याका मानिसलाई भेट्ने क्रममा एक जना पुरुषले चड्कन हानेका थिए । खाकी टी–सर्ट लगाएका व्यक्तिले ‘माक्रोनिया मुर्दावाद’ भनी नारा लगाउँदै माक्रोको बाँया गालामा थप्पड हानेका थिए । फ्रान्समा राजतन्त्र हुँदा फ्रान्सेली सेनाले लगाउने नारा पनि उनले लगाएको सुनिएको थियो । माक्रोँका सुरक्षादस्ता दुई जनाले ती व्यक्तिलाई समातेका थिए भने एक जना सुरक्षाकर्मीले माक्रोँलाई सुरक्षित स्थलमा लग्न खोजेका थिए ।

ट्वीटरमा राखिएको श्रव्यदृश्यअनुसार माक्रोँ लगत्तै मानिसहरुतिर फर्केर हात मिलाउने क्रम जारी राखेको थिए । आपूmलाई चड्कन हान्ने मान्छेलाई आफ्नो सुरक्षाकर्मीहरुले भुईमा लडाए पनि माक्रोँले उनलाई छोड्न आग्रह गरेका थिए । प्रहरीका अनुसार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । माक्रोँलाई चड्कन हान्ने व्यक्तिको पहिचान र उनको उद्देश्यबारे केही कुरा खुलेको छैन ।

उनले लगाएको नारा केही वर्षअघिदेखि फ्रान्सका राजतन्त्रवादी र दक्षिणपन्थीहरुले लगाउँदै आएको नारा भएको फ्रान्सको अतिवादबारे अध्ययन गरिरहेका राजनीतिक विश्लेषक फैमेता भेनिरले भने ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *