भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा रु‍. ५ करोड ३६ लाख ३८ हजार ६ सय ९४ रुपैयाँ

  • जेष्ठ २७, २०७८

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न  नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बुधबार पनि जारी छ ।

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि २६ गतेसम्ममा आर्थिक रु‍. ५ करोड ३६ लाख ३८ हजार ६ सय ९४ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ ।

यसै क्रममा मिति २०७८ जेठ २६ गते बुधबार मात्र आर्थिक रु‍. ९ लाख २१ हजार ८ सय ६३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

आजै भक्तपुर उद्योग वाणिज्य संघबाट आर्थिक सहायता सहित ३ वटा अक्सीजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *