भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा रु.५ करोड २७ लाख १६ हजार ८ सय ३१

  • जेष्ठ २६, २०७८

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम आइतबार पनि जारी छ ।

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि २५ गतेसम्ममा आर्थिक रु। ५ करोड २७ लाख १६ हजार ८ सय ३१ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ ।

यसै क्रममा मिति २०७८ जेठ २५ गते मंगलबार मात्र आर्थिक रु। २२ लाख ४५ हजार ७ सय २३ र १३ पैसा आर्थिक सहयोग प्राप्त भएको छ । आजै भक्तपुर उद्योग वाणिज्य संघबाट आर्थिक सहायता सहित ३ वटा अक्सीजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *