भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामाग्री ख्वप अस्पताललाई हस्तान्तरण

  • जेष्ठ २५, २०७८

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल र पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले मित्र पार्टी चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिमार्फत नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई सोमबार एक समारोहबीच हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले छिमेकी देश चीनमा कोभिड रोकथामपश्चात चीनले विश्वका अन्य देशहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिरहेको उल्लेख गर्नुहुँदै मित्र देश चीन आवश्यकताको समयमा सहयोग गर्ने असल मित्रको रुपमा रहेको बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले नेपालका राजनीतिक पार्टीहरुबीच कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनलाइन छलफल भएको अवगत गराउनुहुँदै सांसद सुवालले चीनबाट प्राप्त स्वास्थ्य सामाग्रीहरु नेपालका विभिन्न जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा पुर्याउने व्यवस्थामा जुटेको स्पष्ट पार्नुभयो ।
यसै क्रममा उहाँले त्यहाँबाट प्राप्त सामाग्रीहरु भक्तपुरका अस्पताल र काभ्रेका केही अस्पतालहरुमा हस्तान्तरण गरिसकेको बताउनुहुँदै चीनले नेपालप्रति देखाएको सद्भाव र सहयोगको लागि नेपाल र नेपाली जनताको तर्फबाट आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले मित्र पार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावना समेटिएको उपहार निकै अर्थपूर्ण भएको बताउनुभयो । उहाँले चीनको सहयोग र सद्भावका कारण महामारीविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल थप बलियो र हौसला प्राप्त हुने बताउनुहुँदै संक्रमण नियन्त्रणको लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थान व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल सञ्चालनमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त नभइरहेको समयमा छिमेकी पार्टीको तर्फबाट प्राप्त सहयोगको निकै महत्व रहेको र सयोगको लागि नगरपालिका र नगरबासीहरुको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले ख्वप अस्पतालको लागि सरकारसँग आवश्यक सहयोगको माग गरेको तर सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त नभएको समयमा भक्तपुर नपाले जनस्तरबाट आर्थिक तथा भौतिक सहयोगको लागि गरेको आह्वान स्वीकार्दै प्राप्त सहयोगबाट भनपा प्रकोप व्यवस्थापन कोषमा ५ करोडभन्दा बढी सहयोग जम्मा भएको अवगत गराउनुभयो ।

कार्यक्रमको सञ्चालन भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गर्नुभएको थियो भने जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको इमर्जेन्सी वार्डका इन्चार्ज डा. सुमिता चोलेखोले हाइड्रोजन अक्सिजन मेसिन प्रयोग विधिबारे अवगत गराउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, भक्तपुर नपाका कार्यपालिका सदस्यहरु, जनस्वास्थ्य सेवा केन्द्रका कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *