के छ नागरिकता अध्यादेशमा ?

  • जेष्ठ १०, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नागरिकता अध्यादेश जारी गर्नुभएको हो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट गत असारमा पास भएको थियो ।

नेपाली नागरिकसँग विवाह गरेर नेपाल आएकी विदेशी महिलालाई दिइने अंगीकृत नागरिकताका विषयमा समितिमा लामो समय सहमति जुट्न सकेको थिएन । सहमति हुन नसकेपछि नेपाली कांग्रेस, तत्कालिन राजपा र समाजवादी पार्टीको असहमतिका बीच बहुमतले विधेयक पारित गरेको थियो ।

प्रतिनिधि सभा विघटन भएका कारण सरकारले अध्यादेशबाट ऐन संशोधन गरेको हो

अध्यादेशको पूर्णपाठ

नेपाल टेलिभिजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *