हरेकले लगाउने खोपः कोरोनामुक्त संसारको निम्ति महत्वपूर्ण पाइला हो

  • जेष्ठ ६, २०७८

इतिहासमा कहिल्यै नभएको परिमाणमा सिङ्गो पृथ्वीलाई प्रभावित बनाएको कोभिड–१९ महामारीको प्रतिरोध गर्न मानिससँग यतिबेला भएको सबभन्दा शक्तिशाली हतियार भनेको खोप नै हो । विभिन्नअध्ययनले खोप लगाएका मानिस कोभिड–१९भाइरसको सङ्क्रमणबाट तुलनात्मक रुपमा सुरक्षित रहेको पुष्टि भएको छ । विशेषतः कोभिडको दोस्रो लहरमा दुई मात्राको खोप लगाएका मानिसलाई कमैमात्र प्रभावित बनाएको अनुुसन्धानहरुले देखाएका छन् । खोप नै नलगाएका मानिसलाई भने भाइरसले तुलनात्मक रुपमा बढी प्रभावित बनाएको देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनलगाएत अन्तराष्ट्रिय बैज्ञानिक तथा जनस्वास्थ्य संस्थाहरुको पनि संसारलाई महामारीको थप क्षतिबाट जोगाउन अहिलेसम्म प्राप्त सबभन्दा प्रभावकारी माध्यम खोप नै भएको बताएको छन् । त्यसकारण आज संसारका सबै देशको ध्यान आफ्ना नागरिकलाई सकेसम्म चाडाँे खोप लगाउनमा केन्दि«त छ । कोभिड–१९ का नयाँ प्रजातिको उत्पति र सङ्क्रमण संसारका सवै देशको लागि चुनौति तथा प्रगतिको बाधक भएकोले सबै सरकारहरु यसबाट सुरक्षित रहन सम्भव सबैको खोजी गरिरहेका छन् । खोप नै अहिलेको लागि सुरक्षित रहने प्राप्त उपाय भएकोले खोप लगाउने नागरिकको प्रतिशत बढाउने दौडमा संसार लागेको देखिन्छ । खोप उत्पादक कम्पनीहरुले आफनो उत्पादनको परिणात्मक र गुणात्मक विकासको निम्ति लगातार अनुसन्धान जारी राखेका छन् । यद्यपि, संसारलाई आवश्यक परिमाणमा खोप उत्पादन भने अझै हुन सकेका छैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *