सरकार गम्भीर नभएकै कारण बिरामीको छटपटी

  • जेष्ठ ३, २०७८

कुनै पनि नेपाली भोक, रोग र शोकले मर्नु पर्दैन भन्ने प्रधानमन्त्री केपी ओलीको उदघोष बोलीमा मात्र सीमित भयो । जनताको मन छुने खालको अभिव्यक्ति दिन खप्पिस प्रम ओली व्यवहारमा लागू गर्दैनन् । प्रम ओलीले कोरोना नियन्त्रणमा साधनको अभाव नहुने बताइरहँदा कोरोना सङक्रमितहरु अक्सिजन अभावकै कारण मरिरहेका छन्, बेडको अभावमा अस्पताल प्राङ्गणमा रहेर उपचार गराइरहेका छन् । कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन र स्रोतको कमी हुनेछैन, राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई पनि प्रभावकारीरुपमा परिचालित हुन गरिएको प्रम ओलीको आग्रहले यसअघि त्यस्तो काम नभएको सङ्केत गर्छ । अब हामी कोरोना सङ्क्रमितको उपचार, उपकण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्दि«त हुने उपप्रम ईश्वर पोखरेलको अभिव्यक्तिबाट अहिलेसम्म सरकार सुतिरहेको थाहा हुन्छ । अस्पताल स्रोत र साधन पर्याप्त नभएरै दिनको झन्दै दुई सयको दरले कोरोना सङ्क्रमितहरुको रोग नियन्त्रण गर्न सरकार गम्भीर नभएको पुष्टि हुन्छ ।

नेपालमा नयाँ कोरोना र सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको तथ्याङ्क देखाएर सरकारले सन्तोष व्यक्त गरेको छ । यता नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेपछि विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको जनाएको छ । स्रोत र साधन कमी भएरै सरकारले विभिन्न देशमा सहयोगको अपेच्छा गरेको हो । कोरोनाको सङ्क्रमण हुनेबित्तिकै सरकारले रोग नियन्त्रण गर्न तडारुकता देखाएको भए अहिलेको जस्तो जटिल समस्या हुनेछैन । सरकारकै बेवास्ताको कारण कोरोना सङ्क्रमितहरु धमाधम मर्न थालेपछि, अस्पतालमा बिरामी छटपटाउन र बिरामी कुरुवाहरुको रुवाबासी हुन थालेपछि देश र विदेशका नेपालीहरु, उद्योगी व्यवसायीहरुले सहयोग गर्न हात बढाएका हुन् । धेरथोर अक्सिजन सिलिन्डर उपलब्ध भएपछि रोग निदानमा केही टेवा पुगेको हो । सरकारले चाहेमा सुरुकै दिनमा राज्यका सम्पूर्ण अङ्गहरु परिचालन गर्नसक्थ्यो, स्रोत साधन जुटाएर उपचार गर्नसक्थ्यो । बेलैमा सरकारको ध्यान पुगेको भए अहिलेको जस्तो हाहाकार हुँदैनथ्यो, स्रोत र साधनको कमीले सर्वसाधारण नेपाली मर्नु पर्दैनथ्यो ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीले ंस्रोत र साधनको कमी भएरै बिरामीहरु मरिरहेको खबर सम्प्रेषण गरेपछि, अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु अक्सिजन पाउन सिंहदरवार धाएपछि र युवा, ज्येष्ठ नागरिकहरुसमेत सरकारको विरोधमा बोल्न थालेपछि या अबको निर्वाचनमा कुन मुुखले गाँउघर पस्ला भनी आक्रोश पोख्न थालेपछि मात्रै सरकार तातेको देखिन्छ । सरकारले सहयोग जुटाउन आह््वानमात्र होइन, कसले कहाँबाट सहयोग जुटाउन सकिन्छ, बिरामीलाई तुरुन्तै सेवा पु¥याउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ । आह्वानलाई नै आफ्नो जिम्मेवारी पूरा भएको ठानेमा फेरि सङ्क्रमित र मृत्युको सङ्ख्या बढेर हाहाकार हुने सम्भावना हुन्छ । त्यसबेला कसैले चाहेर पनि रोगको निदान गर्न सकिँदैन ।

स्रोतः मजदुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *