‘भेरोसेल’को दोस्रो मात्रा आइतबारदेखि

  • जेष्ठ ३, २०७८

सरकारले कोभिड—१९ विरुद्घको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आइतबारदेखि
काठमाडौँ जिल्लामा सुरुवात गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सुचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखी ५९ वर्ष उमेर समुहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खाप लगाउन सुरु गरिएको हो ।

कार्यालयका प्रमुख जास्वास्थ्य प्रशासक बुद्घिबहादुर खड्काले दोस्रो मात्राको लागि आइतबारदेखि जेठ ११ गतेसम्म आफुलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गर्नुभएको छ । उहाँका अनुसार काठमाडौँ जिल्लाका ११ वटै नगरपालिकामा रहेको खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको हो ।
काठमाडौँ महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरि नगरपालिका ३ खोप केन्द्र, कीर्तिपुर, बूढानिलकण्ठ, गोकर्णेस्वर, टोखा र नागार्जुुन नगरपालिका २÷२ खोप केन्द्र, कागेस्वरीमनहरा, तारकेश्वर, श्ङ्करापुर र दक्षिणकालीमा १÷१ खोप केन्द्र रहेको छन् ।

कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले आईतबार, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ गते र वैशाख २ गते लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते, दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते लगाएकाले जेठ ९ गते, वैशाख १४ गते लगाएकाले जेठ १० गते र वैशाख १५ गते लगाएकाले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ ।

चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाएकोे थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *