फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प

  • बैशाख ३०, २०७८

मनिला– भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराइमा रहेको थियो ।

केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *