ओलीले गुमाए संसद्को विश्वास नेमकिपाको तटस्थ मत

  • बैशाख २८, २०७८

प्रतिनिधिसभाको बैठकमा प्रम केपी ओलीले विश्वासको मत प्राप्त गर्न सक्नुभएन । सभामुख अग्नी सापकोटाले प्रम ओलीमाथि प्रतिनिधिसभाको विश्वासको प्रस्ताव निर्णयार्थ पेश गर्दा पस्तावको पक्षमा ९३, विपक्षमा १२४ र तटस्थ १५ मत परेको थियो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको भरमा बन्ने सिद्धान्तहीन निर्वाचन मोर्चा, संयुक्त सरकार, पार्टी एकताबाट देश र जनताको हितमा नहुने उल्लेख गर्दै राजनीतिक अन्योल अन्त्य गर्न ताजा जनादेश अर्थात् निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हनु बताउनुभयो ।

यसकारण सांसद सुवालले प्रस्तावको पक्ष र विपक्षमा मत दिनुभएन । एमाले माधव पक्षका सांसदहरु बैठक र मतदानमा अनुपस्थित भए । जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका १५ जना सांसदहरुले ‘मत दिन्न’ मा हस्ताक्षर गरेका थिए भने उपेन्द यादव र बाबुराम भट्टराईसमेत १५ जनाले प्रस्तावको विपक्षमा मत दिएमा थिए ।

जसपाका एक सांसदले सुरुमा ‘मत दिन्न’ मा हस्ताक्षर गरी पछि मत सच्याइ विपक्षमा मतदान गरेका थिए । बैठकको सुरुमा केपी ओलीले प्रतिनिधिसभाको समर्थनसम्बन्धी प्रस्ताव पेश गर्दै तीन वर्षको आप्mनो सरकारले गरेका कामको चर्चा गर्नुभएको थियो ।

शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवले ओलीलाई समर्थन नगर्ने घोषणा गर्नुभयो । महन्थ ठाकुरले आप्mना २१८ जना साथीहरुको मुद्दा फिर्ता गरिएकोमा ओलीप्रति आभार प्रकट गर्नुभयो र संसद्मा निर्वाचित रेशम चौधरीलाई रिहा नगरिएको हुँदा मतदानमा तटस्थ बस्ने जानकारी गराउनुभयो ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *