भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

स्पुटनिकको एकै मात्रा काफी हुने रुसको दाबी

  • बैशाख २५, २०७८

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुटनिक–भी कोभिड–१९ सङ्क्रमण निकै प्रभावकारी रहेको दावी गर्नुभएको छ । उहाँले स्पुटनिक भीलाई रुसी प्रसिद्ध हतियार ‘क्लाश्निकोभ राइफल जत्तिकै भरपर्दाे’ भनी प्रशंसा गर्नुभएको छ । उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार उहाँले खोपबारे उक्त भनाइ राख्नुभएको हो ।

रुसी स्वास्थ्य अधिकारीहरुले बिहीवार रुसमा निर्मित स्पुटनिक लाइट कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भएपनि स्पुटनिकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ । स्पुटनिक–भी खोप अक्सफोर्ड र अस्ट्राजेनेका तथा जोसन एन्ड जोनसनले तयार पारेका खोप उत्ति नै प्रभावकारी रहेको रुसको दाबी छ ।

त्यसमा कोल्ड–टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोना भाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने वाहकको रुपका काम गर्छ ।

रुसले स्पुटनिक लाइटलाई उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जनजति देशमा आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । स्पुटनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीवार औपचारिक अनुमति दिइएको थियो ।

एउटा प्रेस विज्ञप्तिमा स्पुटनिक खोपसम्बद्ध अधिकारीले बताए, “स्पुटनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४ प्रतिशत प्रभावकारिता देखिएको छ ।”
“एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसङ्ख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिनेछ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ” उक्त विज्ञप्तिमा भनिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *