भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

सङ्क्रमित सङ्ख्या दैनिक उकालो लाग्दो

  • बैशाख २२, २०७८

कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको सुरुदेखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

मङ्गलबार देशभर सात हजार ६६० मा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमबार ९वैशाख २० गते० सात हजार ४४८, आइतबार ९वैशाख १९ गते० सात हजार २११, शनिबार ९वैशाख १८ गते० पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए ।

मङ्गलबार १६ हजार १३१ पीसीआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्रमण देखिएको हो । आज देखिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै आज एक हजार ७७५ सङ्क्रमितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।

५५ को निधन
यस्तै मङ्गलबारमात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ सङ्क्रमणबाट निधन भइसकेका छन् ।
२० जिल्लामा ५०० बढी सङ्क्रमित

यसैगरी ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।

आइसीयूमा ६१६ र भेन्टिलेटरमा १७९
यस्तै सङ्क्रमितमध्ये ६१६ सघन उपचार कक्ष ९आईसीयू० र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसीयूमा प्रदेश नंं १ मा ९३, प्रदेश नंं २ मा २४, बाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सुदूरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् । भेन्टिलेटरमा प्रदेश नंं १ मा १८, प्रदेश नंं २ मा दुई, बाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन् ।

अब अक्सिजन उद्योगमा प्रहरी सुरक्षा
कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरुपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरुपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गर्न लागेको हो । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले दुरुपयोग हुन नदिन सबै अक्सिजन उद्योगमा सुरक्षाको प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहपछि मन्त्रालयले प्रजिअलाई निर्देशन दिएको हो । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गर्न थालेको जनाइएको छ । नेपाल प्रहरीले पनि गृहको निर्देशनअनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाउन र दुरुपयोग हुन नदिन सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको प्रहरीका प्रवक्तासमेत रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

“मुख्यतः अक्सिजनको दुरुपयोग हुनु भएन, उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनुपर्यो, भारतमा जानु भएन, स्वास्थ्य क्षेत्रमा मात्रै प्रयोग गर्नुपर्यो । त्यसका लागि स्थानीय प्रशासनसँगको समन्वयमा गरी आवश्यक सुरक्षा व्यवस्था गर्नु भनेर सबै जिल्लामा निर्देशन गइसकेको छ”, उहाँले भन्नुभयो ।

यसअघि अक्सिजनको अभाव हुन थालेको भन्दै उद्योगीले सुरक्षाको माग गरेका थिए । अहिले मुलुकमा अक्सिजनको भन्दा सिलिन्डरको अभाव देखिएको व्यवसायीले बताउँदै आएका छन् । हाल देभभर अक्सिजनका २४ उद्योग रहेका छन् ।

प्रहरी अस्पतालमा अक्सिजन उत्पादन सुरु
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन सुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिन्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पीएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो ।
यहाँ प्रतिसिलिन्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा खपत हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकोले महामारीको समयमा अन्य क्षेत्रमा मागअनुसार अक्सिजन वितरण हुनेछ ।

कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङ्क, अक्सिजन स्टोरेज ट्याङ्क, सिलिन्डर फिलिङस्टेसनलगायतका उपकरण राखिएको उक्त सिस्टम ‘युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज’ ९युएनओपीएस० को सहयोगमा करिब रु। तीन करोड लागतमा सञ्चालनमा ल्याइएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त सिस्टमको निरीक्षण गर्दै यसले काम गर्ने पद्धतिबारे जानकारी लिनुभयो । उहाँले अस्पतालका विभिन्न विभाग कोभिड–१९ बाट सङ्क्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पीसीआर परीक्षणस्थललगायतको निरीक्षण गर्नुभयो ।

चीनबाट २० हजार सिलिन्डर आउँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिनुभयो ।

उहाँले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग अक्सिजन ग्यासको कमी छैन, तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।” मन्त्रालयले प्राणवायु ९अक्सिजन० को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात ९होल्ड० नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने
नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीको समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरूको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिनेछ । अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सीसीएमसीलाई शव व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेसनमा मृत्यु हुनेको हकमा स्थानीय पालिकाको पत्र आवश्यक पर्ने केन्द्रले जनाएको छ ।
स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *