भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

खुलिमुलीको शोकमा सभा

  • चैत्र २०, २०७७

नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक नगरपालिका वडा नं ७ का सदस्य एवम् नेपाल क्रातिकारी युवा सङ्घ, सूर्यविनायक नगर समितिका सदस्य श्यामकृष्ण खुलिमुलीको श्रद्धाञ्जली कार्यक्रम बुधबार गुण्डू, किवाचोकमा सम्पन्न भयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले कुनै पनि व्यक्तिको मूल्याङ्कन उनको विचार र योगदानको आधार हुने भन्दै श्यामकृष्ण खुलिमुली समाजवादी झन्डालाई उँचो बनाउन सक्रिय रहनुभएको विचार राख्नुभयो । उहाँले खुलिमुलीले श्रमिक वर्गको दुःखपीडा कस्तो हुन्छ भन्ने अनुभूति गरी साहित्यसमेत रच्नुभएको भन्दै उहाँको साहित्यले समाजको आमूल परिवर्तनको आवाज बुलन्द गरेको तर्क गर्नुभयो ।

केन्द्रीय सदस्य गोसाईले खुलिमुलीको जीवन छोटो भएर पनि सार्थक रहेको भन्दै पूर्वजन्म, आत्मा, स्वर्ग तथा नर्कजस्ता अन्धविश्वासबाट समाजलाई मुक्त गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहने मानिसको मानसिक स्वास्थ्य राम्रो हुने भन्दै राजनीतिक कार्यकर्ताले व्यक्तिगत स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा नेमकिपा, भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोँजूले खुलिमुलीको अधुरो सपना साकार बनाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको धारणा राख्नुभयो । उहाँले स्वास्थ्यसम्बन्धी जनचेतना उकास्नुपर्नेमा जोड दिनुभयो ।

नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले प्रगतिशील साहित्यको विकासको निम्ति काम गरे खुलिमुलीप्रतिको श्रद्धाञ्जली सार्थक हुने बताउनुभयो ।

नेक्रायुसङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले समाजमा व्याप्त शोषण, अन्याय तथा अत्याचारविरूद्ध लडेर खुलिमुलीको सपना साकार हुने धारणा राख्नुभयो ।

नेमकिपा, सूनपा वडा नं ७ एकाइ समितिका अध्यक्ष शिवबहादुर खुलिमुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्योति माविका प्रधानअध्यापक कृष्णलाल न्हेमाफुकी, नेक्रायुसङ्घ, सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसीलगायतले बोल्नुभएको थियो ।

श्यामकृष्ण खुलिमुलीको निधन २०७७ चैत ७ गते भएको थियो ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *