प्राचिन अभिलेख संरक्षण गरिनुपर्ने

  • फाल्गुन १८, २०७७

लेखन सामग्रीको रुपमा रहेको प्राचिन अभिलेखलाई संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय अझिलेखालयले सोमबार आयोजना गरेको ‘लेखन सामाग्री एवं अभिलेखका प्रकार’ विषयक जुम अन्तरक्रिया कार्यक्रममा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तोमलोचन श्रेष्ठले चट्टान अभिलेख, गृह अभिलेख, शिलालेख, शिलास्तम्भलेख, मूर्तिलेख, ढुङ्गेधारालेख, जलद्रोणीलेख, जलहरीलेख जस्ता प्राचिन् सामाग्रीलाई सुरक्षीत राखिनुपर्ने बताउनुभयो । समयक्रममा यस्ता सामाग्री नास हुनसक्ने , बिग्रन सक्ने भएकोले यिनको संरक्षणकोलागी अभिलेखालयले ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।

पशुपति क्षेत्रमा रहेको जयदेवको अभिलेखलाई नेपालमा अहिलेसम्म प्राप्त सबैभन्दा ठुलो अभिलेख मानिन्छ । यसैगरी भक्तपुरको जङ्गम मठ क्षेत्रमा रहेको दुई पङ्क्तिको अभिलेखलाई हालसम्म प्राप्तमध्यमा सानो अभिलेख मानिएको जानकारी पनी कार्यक्रममा संस्कृतिविद् श्रेष्ठले गराउनुभयो ।
अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्गाले पुस १७ गतेदेखि विभिन्न विषयमा जुम माध्यमबाट अन्टरक्रिया सुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रममा अभिलेख अधिकृत रज्जु हाडाले अभिलेख उपशाखाले संरक्षणमा गरिरहेका काम उवं गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *