भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

पूरोहितले अब उमेर हेरेरमात्र विवाह गराउने

  • फाल्गुन १२, २०७७

विवाहमा केटाकेटीको उमेर हेरेरमात्र काम गर्न पर्वतका पुराहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेको प्रहरिसँगको सहकार्यमा पुरोहितहरुले यस्तो प्रतिबद्घ्ता जनाएका हुन् । बालविवाह र बहुविवाह न्युनिकरण गर्ने उद्दश्यले जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा पुरोहितहरुका लागी यहाँ आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उहाँहरुले बेहुला र बहुलीको उमेर २० वर्ष नाघेको छ वा छैन अथुवा पहिलोे विवाह हो वा दोस्रो वा तेस्रो, त्यो सोधपुछ गरेरमात्र विवाहको काम गर्न सहमत भएको बताउनु भयो ।

“ बालविवाह र बहुविवाह न्युनिकरणकोलागी पुरोहितहरुको भूमिका महत्वपूर्ण हुने भएकोले वरबधु जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेरमात्र वैवाहिक कार्यक्रम अघि बढाउन उहाँहरुलाई आग्रह गरेको छ, पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकोले पुरोहितहरुलाई पनि उमेर नपुगेका केटाकेटीको विवाह नर्गराउन आग्रह गरिएको छ ।” पर्वतका प्रहरी नायब उपरिक्षक विश्वराज अधिकारीले भन्नुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *