कृष्ण कुमारका दश मुक्तक

  • माघ ५, २०७७

साहित्य

१.) हस्ताक्षर
जुँगा मुसारी बसे हुन्छ ‘हनुमान’ मनाउन
कार्पेट ओछ्याउँदै होलान् पाहुना बनाउन
चालबाजको चाप्लुसी कुराले फेरि भारी पला
सतर्क हुनु कागजमा हस्ताक्षर जनाउन ।

२.) मलामी
वन विनाश भयो रुख ढालेर
डढेलो लाग्छ त्यहीँ आगो बालेर
काठ जति बोकी गाडी गुडाउँदा
मलामी आए जन्तु ज्यान फालेर ।

३.) बरदान
बाटोको निहुमा भत्काउँछ सम्पदा छानी
न्याय माग्न जाँदा लडाउँछ फोहरा हानी
भष्मासुरलाई बरदान भयो कि भोट
तिर्खा मेट्न छैन सडकमा पो फाल्छ पानी ।

४. गुण
उत्तानो परेपछि किन झुक्नुप¥यो
भनेको मानेपछि किन चुक्नुप¥यो
नुन खाएर गुण लाउन गएका
मालिक सुँघेपछि किन भुक्नुप¥यो ।

५. उपाधि
छुचुन्द्रोको टाउकोमा चमेलीको तेल
अरुले नचाउने कठपुतली खेल
ब्याचलर मास्टर डिग्री बिक्दैन यहाँ
डाक्टर उपाधि पाउने एसएलसी फेल ।

६.) चुरीफुरी
कुलो खनी जहाज दुलो खनी रेल
शासकको कुरा त केटाकेटी खेल
चुरीफुरी गर्छ हेर मुरीका मुरी
पाथी तोरी पेल्दा थोपा निस्किन्न तेल ।

७.) कर्तव्य
शुभकामना कामदारलाई नयाँ सालको
भोग्न नपरोस् पीडा कसैले अनिकालको
बैरी बेथितिलाई छिराउनुहुन्न देशमा
जन जनले कर्तव्य निभाऔं द्वारपालको ।

८.) मूल्यवृद्धि
नाफा जति निगमभित्रै बाँडीचुँडी खाने
मूल्यवृद्धि सधै जनताको थाप्लोमा जाने
जीडीपी बढाउने भनेको यस्तो रहेछ
ग्याँस, डिजेल, पेट्रोलको भाउ बढाउने ।

९.) भोट नोटको खेल
मात लाग्छ कहिले पाएर भोटको
जात दाग्छ कहिले धाएर नोटको
देखे जस्तो हुन्न भोट नोटको खेल
रात भाग्छ कहिले खाएर चोटको ।

१०.) भ¥याङ
मूल्यवृद्धि उहिले थियो अहिले कहाँ छ र
चुनावमा लाखौंलाख खर्च त्यसै ग¥या हो र
जनता त भ¥याङमात्र हुन् नेता चढ्छ माथि
सत्ता भत्ता पाएपछि भाउ वृद्धिको के डर ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *