भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

जनताका समस्या ओझेलमा

  • पुष ११, २०७७

बेलायतमा देखापरेको नोबेल कोरोना भाइरसको नयाँ थरी भाइरसले सम्पूर्ण युरोपलाई त्रस्त बनाएको छ । बेलायतका सबै ढोकाहरू यतिबेला बन्द गरिएका छन् । कोभिड–१९ भाइरसको सङ्क्रमण समाप्त नहुँदै उत्परिवर्तन भएको नयाँ भाइरसको सङ्क्रमण फैलिनुले संसारलाई प्रस्टतः एउटा सन्द्रेश दिएको छ– कोरोना महामारीले संसारलाईं तत्कालै छोडिहाल्ने अवस्था छैन । चीनको उहान सहर कोभिड–१९ विरूद्ध सघन लडाइँ लडिरहँदा कमै नेपालीले मात्र सोचेका थिए– कुनै दिन कोभिड–१९ ले नेपालको पनि यात्रा गर्न सक्ने कुरा । तर, उहानबाट सीधै नेपाल नआए पनि नेपालमा कोभिड–१९ भने भित्रियो । जसको असर आज पनि नेपाली समाजले भोगिरहेकै छ । कोभिड–१९ को महामारीले नेपालको जनस्वास्थ्य प्रणाली कति कमजोर छ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग पारेको छ । वैज्ञानिकहरूले भविष्यमा कोभिड–१९ जस्ता अरू पनि महामारी कुनै पनि बेला संसारमा फैलिन सक्ने चेतावनी दिइरहेका छन् । त्यसकारण जनस्वास्थ्य क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय निकायहरूले लगातार सरकारहरूलाई आग्रह गरिरहेका छन् ।

देशहरू आज सकेसम्म चाँडो कोभिड–१९ को खोप ल्याउने होडमा लागेका छन् । चीन, रूस, संरा अमेरिकालगायत देशहरूले अग्रपङ्र्क्तिमा रहेर काम गर्ने व्यक्तिहरूलाई कोभिडको खोप लगाउने काम सुरू गरिसके । फेरिे पनि कोभिड–१९ को महामारीले आ–आफ्नो देश र अर्थतन्त्रको रक्षा गर्न सरकारहरू चौबीसै घण्टा सजगताका साथ अग्रसर छन् । यसअघिको भाइरसभन्दा ७० प्रतिशतले बढी सङ्क्रामक मानिएको बेलायतमा भेटिएको नयाँ थरीको भाइरस कुनै पनि छिद्रबाट नेपाल प्रवेश गर्ने सम्भावनालाई निषेध गर्न सकिन्न । कदाचित काभिडको नयाँ लहर नेपाली समाज र अर्थतन्त्रले भोग्नुपर्ने अवस्था आए कस्तो होला भन्ने कुरा त अघिल्लो पटकको सङ्क्रमणले हामीलाई अनुभवी बनाइसकेको छ । तर, यस्तो परिस्थितिमा देशका ठूला भनिएका राजनीतिक दलहरूको सत्ता झगडा भने उदेकलाग्दो छ । सरकारमा रहेको नेकपाका दुई गुटका नेताहरूबीचको झगडाको कारण नेपाली जनताका समस्या ओझेल पर्दै गएका छन् । कोभिड–१९ को नयाँ जोखिमबारे न स्वास्थ्यमन्त्रीलाई चासो देखिन्छ, न स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नै यसबारे जनतालाई जानकारी दिने कुनै आवश्यकता ठानेका छन् ।

राजनीतिक दलले राजनीति के र कसको लागि गर्ने ? स्पष्टतः जनताकै हितको लागि राजनीतिक दलले राजनीति गर्ने हुन् । जनताको मूल समस्यालाई ओझेलमा पारेर केको लागि राजनीति गर्दै छन् हाम्रा शासक दलहरू ! अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरू मास्क लगाउने, आपसी दुरी कायम गर्नेजस्ता सावधानीका नियममा अझै ध्यान दिनुपर्नेमा जोड दिइरहेका छन् । तर, पछिल्ला दिनहरूमा शासक दल र अन्य राजनीतिक दलहरूका सभा र बैठकमा यसको कहीँे कतै पालना भएको देखिन्न । समाजमा उदाहरण बन्नुपर्ने नेता र कार्यकर्ताहरूका यस्ता व्यवहारले जनतालाई महामारीबाट जोगिन अपनाउनुपर्ने नियमको पालना नगर्न उत्साहित गरिरहेको छ ।

झन्डै नौ महिनापछि अलि सहज जीवनतिर वामे सर्न थालेको नेपाली समाज आज जनतापति अनुत्तरदायी शासकहरूको व्यवहारले अझ निराशातिर धकेलिने सम्भावना बढेको छ । कुनै पनि दललाई नाम, नेताको भाषण र जुलुसले चिन्ने होइन, जनताको सड्ढटलाई उसले कसरी लिने गरेको छ भन्ने आधारमा मूल्याड्ढन गर्नुपर्छ । सत्ता सङ्घर्षमा नेपाली जनताको हितलाई बेवास्ता गर्ने दलहरूलाई जनताले चिन्ने समय यस्तै परिस्थितिमा हो ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *