भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

कक्षा ११ र १२ भौतिक उपस्थितिमा सञ्चालन र मासिक शुल्क छुट गर्ने विषयमा प्रधानाध्यापकहरुसँग बैठक

  • पुष ११, २०७७

२०७७ पुस १० गते, शुक्रबार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर क्षेत्रभित्रका कक्षा ११ र १२ सञ्चालन भएका सामुदायिक एवम् संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठक शुक्रबार सम्पन्न भयो । बैठकमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन र कोभिडका कारण ती कक्षाहरुलाई मासिक शुल्क छुट गर्ने सम्बन्धमा छलफल भयो ।

बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयहरुमा ८, ९ र १० का कक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा अपनाई भौतिक उपस्थितिमा आलोपालो गरी कक्षाहरु परीक्षणको रुपमा सुरु गरिसकेको र आगामी दिनमा ११ र १२ कक्षा भौतिक उपस्थितिमा सुरु गर्न सम्बन्धित सरोकारवालाहरुसँग छलफल तथा परामर्शमा जुटिरहेको बताउनुभयो । विद्यालयहरु बन्द रहँदा विद्यार्थीहरुको भविष्य अन्योलमा रहेको बताउनुहुँदै नगरपालिकाले समयसापेक्ष ढंगले चरणबद्ध रुपमा विद्यालय सञ्चालन गर्ने योजनाअनुरुप अगाडि बढिरहेको बताउनुभयो ।

बैठकमा उपस्थिति प्रधानाध्यापकहरुले कम विद्यार्थी संख्या भएका विद्यालयहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिनुभयो भने कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नगरपालिकाले निर्णय गरेअनुसार मासिक शुल्कमा छुट दिन आफूहरु तयार रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँहरुले कक्षा ११ र १२ को प्रयोगात्मक कक्षाहरु सुचारु गर्नको निम्ति भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै अनलाइन मार्फत कक्षाहरु सञ्चालनमा जोड दिइरहेको बताउनुभयो ।

स्रोतःमजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *