भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

सरकारी निर्णय कार्यान्वयन होस्

  • मंसिर १२, २०७७

–हरिहर शङ्कर

कुनै पनि सरकारी निर्णय, ऐन–कानुन तर्साउनको लागि होइन लागू गर्न हो । सरकारले निर्णय गरेपछि सो लागू गर्न सम्बन्धित निकाय सक्रिय हुनुपर्छ । सरकारी निर्णय लागू नभएकोले समस्यामाथि समस्या थपिरहेको देखिन्छ । मन्त्रिपरिषद्ले गत भदौ २९ गतदेखि लागू हुने गरी भाडाको गाडी जोर बिजोर मा सञ्चालन गर्ने निणर्य गरेको थियो । सरकारी सो निर्णय लागू गराउन यातायात व्यवस्था विभागको पनि ध्यान पुग्नुपर्छ । त्यस्तै सरकारी अन्य निकाय र ट्राफिकको पनि यसतर्फ ध्यान जानुपर्छ । सरकारी निर्णय उल्लङ्घन गर्दै जारे को सट्टा बिजोर र बिजोर को सट्टा जोरमा गाडी सञ्चालन भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । निर्णय उल्लङ्घन गर्ने गाडी चालकलाई यातायात ऐन अनुसार एक हजारदेखि पाचँ हजारसम्म जरिवाना गर्नसक्नेछ ।

सरकारले जोर बिजोर गाडी पालैपालो सञ्चालन गर्ने निर्णय गरे पनि पूर्णतः त्यो लागू भइरहेका छैन् । नियम उल्लङघ्न गर्ने गाडी चालकलाई नियमानुसार कारबाही गरिएको भए एकातिर राजस्व या राज्यको ढुकुटी बढछ् भने अर्काेितर निर्णय कार्यान्वयन हुन्छ । यसले सवारी चाप घट्छ, दुर्घटना कममात्रै हुन्छ र कोरोना सङ्क्रमणमा पनि सहयोग पुग्छ । निर्णय कार्यान्वयन गर्न गाडी चालक,
यातायात विभाग, सरकारको सम्बन्धित निकाय सतर्क हुनुपर्छ । ट्राफिकहरूले पनि अटेरीहरूलाई ऐनको घेरामा ल्याउनपुर्छ र जरिवाना गर्नुपर्छ । कहिलकोहीँ ट्राफिकले थोरै जरिवाना गरेर छोडेको पनि जनगुनासो छ । कति ट्राफिकले पदको दुरुपयोग गरी जरिवाना आफ्नै खल्तीमा राखेर छोड्ने गरेको गुनासो छ । ट्राफिकहरूले इमानदारीपूर्वक सवारी साधन नियन्त्रणमा काम गरिरहेको सकारात्मक पक्ष हो ।
तर, दुई चार जना ट्राफिकको गलत कार्यशैलीले गर्दा सरकारी नियम उल्लङ्घनमा टेवा पुगेको गुनासो घटेको छैन ।

सवारी चालकहरूले नियम पालना गरेर गाडी चलाउनुपर्छ । ट्राफिकहरूले आफ्नो कर्तव्य इमानदारीपूर्वक पालना गर्नुपर्छ । उपत्यकाका जिल्ला प्रशासनकार्यालयको पनि यसमा ध्यान पुग्नुपर्छ । यातायात व्यवस्था विभागले आफू मातहतका सवारी साधन चलाउने चालकलाई सरकारी निणर्य पालना गररे चलाउन निर्देशन दिनुपर्छ । आफ्नो निर्णय लागू गर्न सरकारले बरोबर अनुगमन गरिरहनुपर्छ । सबैतर्फबाट निर्णय पालना भएमा सडकमा सवारी चाप घट्छ, तुलनात्मकरूपमा दुर्घटना घट्छ। निर्णय कार्यान्वयन नगर्ने सवारी चालकलाई जरिवाना गर्दा राज्यको ढुकुटी बढ्छ र विकासमा टेवा पुग्छ ।

–स्रोत ः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *